भोगाई र भावनाका पाइलाहरु .........a blog by- Dipak yatri

"संसारमा सबभन्दा मुस्किल काम आफूलाई सुधार्नु हो भने सबभन्दा सजिलो काम अरुको कुरा काट्नु हो ।" : - अज्ञात ... ..... "तिमी कुनै पनि उपहार दिएर नकिन, किनकी जब तिमी उपहार दिन छाड्छौ उनीहरु तिमीलाइ पनि छाड्ने छन।":- फुलर ..............."असल पुस्तक पढने मानिस खराब हुन सक्दैन।":-थोरो

covid 19

Showing posts with label कविता. Show all posts
Showing posts with label कविता. Show all posts

Friday, June 17, 2011

सिन्धुर भरेको दिन

तिम्रो मेरो नाम आज एकै ठाउमा कोरेको दिन
लाखौ जुनी सगै जिउने बाचाहरु गरेको दिन

उज्यालो थ्यो मन भरी पश्चिम घाम लागे पनि
आकासको जुन पनि मेरै घर झरेको दिन

परेली मा आसु देखाई मन भरी खुसी लुकाई
माईतीघर छाडीकन तिमीले डेरा सरेको दिन

Thursday, June 2, 2011

पराई भुमी

बिदेश को दु:ख ब्याथा गजल मा कोर्दछु म
देखेका ति सपनाहरु आफै भित्र तोड्दै छु म

आफ्नै खेत बाँझो राखी मिठो खाने लालचमा
पराई देशको जंगलमा झारपात गोड्दै छु म

भैसी गोठ पाखा लगाई त्यही धनले यता आए
गोबर छुन घिन लाग्थ्यो मान्छेया भकार सोर्दैछु म

आसा ठुला नराख्नु है प्रिय तिमी बिदेशको
घर आउने बाटो खर्च उधारी मा जोडदैछु म

तितो खस्रो जे खाएनी आफ्नै देश प्यारो रै छ
नियास्रो छ पराई भुमि आजै देखी छोड्दै छु म

Sunday, May 29, 2011

नपुसंक ६०१ हरु

संबिधान फेरी तुहिएको छ
जन्माउन सक्दैनन्
यी ६०१ हरु
यिनिहरुको बिर्य कुहिएको छ।
छातीमा रौ देखाएर
मर्द भइदैन माननिय
गर्भ राख्न सुक्रकिट चाहिन्छ
गर्भ राख्न डिम्ब चाहिन्छ
सुक्रकिट र डिम्ब नभाकाहरु
अझै जन्माउने अरे
संबिधान
६०१ क्रिडा स्थल बानेश्वर
मस्त छ
रजस्वला नभाकाहरु
खै जन्माउलान ?
पोहोर साल खेर गयो
अहिले पनी त्यस्तै भयो।



बरु आतुर छन
भारत बाट बिर्य ल्याउन
चाईना बाट डिम्ब ल्याउन
अमेरिकन सहयोगमा परागसेचन गराउन
र जन्माउन
सट्टा आमाको कोख बाट
नामको अगाडी
नया लेख, क्रान्तिकारी लेख
बहादुरी को तक्मा लगाऊन

आफै त जन्माउन सक्तैनन् यिनिहरु
किनकी
डाक्टरी रिपोर्ट भन्छ
यिनिहरुको पाठेघर चुहिएको छ।
यिनिहरुको बिर्य कुहिएको छ।
दु ख साथ भन्नु पर्छ
अन्तत
यो साल पनी संबिधान तुहिएको छ।

Friday, December 24, 2010

आमा


बाल पनको न्यानो काख अझै भुल्या छैन आमा
दस धार दुध ख्वायौ अझै पुग्या छैन आमा

लाग्छ अझै बाल बनि तिम्रो काख निदाई रहु
बाल पनको न्यानो काख अझै भुल्या छैन आमा

गास काटी खुवाउथ्यौ तोते बोली सिकाउदै
कोखा कोखा ताते ताते अझै पुग्या छैन आमा

घाँस दाउरा पधेरीमा तिमी सँगै जाऊ लाग्थ्यो
हात समाई धित मरुञ्जेल अझै डुल्या छैन आमा

तिम्रो गाली मार्ग हुन्थ्यो कतै मैले मानिन कि
बाटो बिराई हिडेको भए गाली पुग्या छैन आमा

म दुख्दा नि तिमी रुन्थ्यौ घाऊ चोट लागे कतै
संसारमा तिमी भन्दा ठुली देख्या छैन आमा