
यती छिटै ढल्कियो, यो जिन्दगानी सोचिरहेछु
उस्तै गरी ढल्कियो, यो जवानी सोचिरहेछु।
यो आगो हो, के जल्छ के जलाउछ भन्थे
जलेपछी बन्छ, क्षणमै खरानी सोचिरहेछु।
तिम्रै वरिपरी तिम्रै काखमा, हुन्छु भन्ने थियो
खुवाउन पाईन, एकमुठी पानी सोचिरहेछु।
नरोउ भनी खुव सम्झाए, तिमीलाई त्यो रात
सम्झाउदा सम्झाउदै, रुझेछ सिरानी सोचिरहेछु।
कुनै दिन यही सम्म, ल्यानेछन मलामी हरुले
जलाउने छन र सकिने छ, मेरो कहाँनी सोचिरहेछु।