आमा,
तिमी उडेको धुवाँ
कती माथी पुग्दै होला
यो आकाश भन्दा माथी
ती तारा हरु भन्दा पनी माथी
तिमी बगेको खरानी
कती तल बग्दै होला
यी नदीहरु भन्दा तल
ती सागरहरु भन्दा पनी तल
उडेर आकाश छोयौ
बगेर सागरमा पुग्यौ
आमा,
तिमीले छोडेको म
यहीँ धर्ती मै छु
तिमीलाई बगाई जाने
यो खोलाको किनार मै छु
तिमीलाई उडाई जाने
यो खोलाको बगर मै छु।
तिमी उडेको धुवाँ
कती माथी पुग्दै होला
यो आकाश भन्दा माथी
ती तारा हरु भन्दा पनी माथी
तिमी बगेको खरानी
कती तल बग्दै होला
यी नदीहरु भन्दा तल
ती सागरहरु भन्दा पनी तल
उडेर आकाश छोयौ
बगेर सागरमा पुग्यौ
आमा,
तिमीले छोडेको म
यहीँ धर्ती मै छु
तिमीलाई बगाई जाने
यो खोलाको किनार मै छु
तिमीलाई उडाई जाने
यो खोलाको बगर मै छु।
ममतामयी आमाको स्मृतिमा, आज माता तिर्थ औंसी आमाको मुख हेर्ने औंसी, हार्दिक श्रद्धा सुमन !