भोगाई र भावनाका पाइलाहरु .........a blog by Dipak yatri

"संसारमा सबभन्दा मुस्किल काम आफूलाई सुधार्नु हो भने सबभन्दा सजिलो काम अरुको कुरा काट्नु हो ।" : - अज्ञात ... ..... "तिमी कुनै पनि उपहार दिएर नकिन, किनकी जब तिमी उपहार दिन छाड्छौ उनीहरु तिमीलाइ पनि छाड्ने छन।":- फुलर ..............."असल पुस्तक पढने मानिस खराब हुन सक्दैन।":-थोरो

Wednesday, September 28, 2011

दशैँ आउदा


दशैँ आउदा                    
मन डढेलो लाग्छ
परदेशमा
नआए हुन्थ्यो
चाडपर्व हजुर
गरिबको मा

बच्चा रुन्छन
दशैँ तिहार भन्दै
के खुवाउने

आशुले मुछी
पोत्दै होलिन घर
दशैँको बेला

खरानी भाछ
ह्रदय जलेर यहाँ
एक्लै जिउदा