भोगाई र भावनाका पाइलाहरु .........a blog by- Dipak yatri

"संसारमा सबभन्दा मुस्किल काम आफूलाई सुधार्नु हो भने सबभन्दा सजिलो काम अरुको कुरा काट्नु हो ।" : - अज्ञात ... ..... "तिमी कुनै पनि उपहार दिएर नकिन, किनकी जब तिमी उपहार दिन छाड्छौ उनीहरु तिमीलाइ पनि छाड्ने छन।":- फुलर ..............."असल पुस्तक पढने मानिस खराब हुन सक्दैन।":-थोरो

covid 19

Friday, June 17, 2011

सिन्धुर भरेको दिन

तिम्रो मेरो नाम आज एकै ठाउमा कोरेको दिन
लाखौ जुनी सगै जिउने बाचाहरु गरेको दिन

उज्यालो थ्यो मन भरी पश्चिम घाम लागे पनि
आकासको जुन पनि मेरै घर झरेको दिन

परेली मा आसु देखाई मन भरी खुसी लुकाई
माईतीघर छाडीकन तिमीले डेरा सरेको दिन

कति खूसी भयौ हामी लजा बोल्थ्यौ ओठ भरी
एक्लो यो जिन्दगीमा तिमीले सुवास छरेको दिन

लजालु त्यो मुस्कान भित्र गाजलु ति आखाहरु
छोपीएको घुम्टो भित्र मेरो नजर परेको दिन

मिठो लाग्छ सम्झदा नि रमाईलो त्यो बिहेको क्षण
खाली तिम्रो सिउदोमा सिन्धुर भरेको दिन

तिम्रो मेरो नाम...........